• April 14, 2021

एमालेको माधव नेपाल पक्षले डाक्यो स्थायी कमिटीको आकस्मिक बैठक

 एमालेको माधव नेपाल पक्षले डाक्यो स्थायी कमिटीको आकस्मिक बैठक
मनपरे शेयर गरौ ! 


झापा / प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेश इन्चार्जको हेरफेर लगायत महत्वपूर्ण निर्णय गरेपछि असन्तुष्ट माधवकुमार नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।


माधव नेपाल पक्षले आफूलाई जानकारी नै नदिई अध्यक्ष केपी ओलीले महाधिवेशनको मिति ताक्नेसम्मको निर्णय गरेको भन्दै स्थायी समितिको बैठक बोलाएको हो ।


नेपाल पक्षले नयाँ बानेश्वरस्थित अर्याल होटलमा स्थायी समितिको बैठक बोलाएको बताइएको छ ।
बैठकले अध्यक्ष ओलीले चालेको कदमपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्ने बारेमा रणनीति तय गर्ने बुझिएको छ ।


शुक्रबारै अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरूको बैठक राखेर पार्टीको विधान संशोधन, पूर्वमाओवादी केन्द्रका २३ जनालाई स्थायी समिति र केन्द्रीय सदस्यमा मनोनयन, अध्यक्ष र महासचिव बाहेक पार्टी पदाधिकारी खारेज लगायतका महत्वपूर्ण निर्णय गरेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post