• November 28, 2021

प्रधानमन्त्री ओलीको प्रश्न : अध्यक्षको चिया पानमा नजाने कस्का चिया पानमा चाहिँ जानु हुन्छ रे ?

 प्रधानमन्त्री ओलीको प्रश्न : अध्यक्षको चिया पानमा नजाने कस्का चिया पानमा चाहिँ जानु हुन्छ रे ?
मनपरे शेयर गरौ ! 

झापा / नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बिरोधी गुट भेला नगर्न चेतावनी दिएका छन् ।


केन्द्रीय सदस्य तथा सौसदहरुलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले त्यस्ता गुटगत भेलामा सरिक नहुन सबै कार्यकर्तालाई आग्रह गरेका हुन ।


बिधिको कुरा गर्ने र जंगलको राज चलाउने लोकतान्त्रिक मुल्य मान्यता बिपरित काम गर्ने कसैलाई छुट नभएको अध्यक्ष ओलीले चेतावनी दिए ।

राष्ट्रिय भेला गर्ने अराजकता फैलाउने, पार्टी एकता विपरितको कार्य गर्नेलाई छुट दिन नसकिने ओलीको भनाई थियो ।


बिधी विधान विपरितका क्रियाकलाप मान्य नहुने भन्दै ओलीले अब अचाक्ली भो भने सहन नसकिने चेतावनी दिए ।

ओलीले प्रश्न थियो ‘पार्टी अध्यक्षको निमन्त्रणमा चिया पानमा नजाने कस्का चिया पानमा चाहिँ जानु हुन्छ रे ?’

मनपरे शेयर गरौ ! 

Related post