• June 18, 2021

एमाले संसदिय दलको बैठक जारी , बामदेव गौतम पनि सहभागि

 एमाले संसदिय दलको बैठक जारी , बामदेव गौतम पनि सहभागि
मनपरे शेयर गरौ ! 


झापा / नेकपा एमालेको संसदिय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदिय दलको बैठकमा नेता बामदेव गौतम पनि सहभागि भएका छन् ।


बैठक बालुवाटारमा जारी छ । यो बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने एमालेले जनाएको छ ।

बालुवाटारमा जारी बैठकमा माधव नेपाल समूहका सांसदहरु सहभागि भएका छैनन् ।

नेकपा एमाले माधव झलनाथ पक्षले भने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा सहभागिता नजनाउन सबैलाई सुचित गरेको छ ।

नेपाल पक्षले बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने रणनीति लिएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग