• April 14, 2021

प्रेस संगठन झापाको संयोजकमा झुलन

 प्रेस संगठन झापाको संयोजकमा झुलन
मनपरे शेयर गरौ ! 


झापा
/ प्रेस संगठन झापाको संयोजकमा झुलन रेग्मी चयन भएका छन् ।


शनिवार सुरुङ्गामा सम्पन्न संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह–संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
संगठनलाई थप चलायमान बनाउनका लागि नेतृत्व चयन गर्दै रणनीतिक योजना बनाएर अघि बढ्ने समेत भेलाले निर्णय गरेको छ ।


भेलाले चैत्र २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघकोे तीन तहको निर्वाचनका लागि झापाको हकमा महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समिति चयन गरेको छ ।


उक्त समितिले अन्य संगठनहरुसँग तालमेलका लागि सम्वाद गर्न र प्रेस संगठन झापाका उम्मेद्वार छनोट गर्न भूमिका निर्वाह गर्नेछ ।


त्यसका लागि केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा दयाराम दाहाल, तारामणि सापकोटा, झुलन रेग्मी र उद्धव पुरी सदस्य रहेको पाँच सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।

उक्त समितिले महासंघको निर्वाचनका लागि सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गराउन अन्य संगठनसँग सम्वाद, सहमति र सहकार्यलार्ई प्राथमिकतामा राख्ने सचिव पुरीले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post