• April 14, 2021

विश्वको सबैभन्दा खुसी मुलुक फिनल्याण्ड, नेपाल दक्षिण एसियाकै खुसी मुलुक

 विश्वको सबैभन्दा खुसी मुलुक फिनल्याण्ड, नेपाल दक्षिण एसियाकै खुसी मुलुक
मनपरे शेयर गरौ ! 


झापा / नेपाल दक्षिण एसियाकै सबैभन्दा खुशी मुलुकमा परेको छ । शुक्रबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ अनुसार नेपाल दक्षिण एसियाकै खुसी मुलुकमा परेको हो ।


सो प्रतिवेदन अनुसार नेपालले ५.२६९ स्कोर पनि प्राप्त गरेको छ । विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ ।


खुसियाली प्रतिवेदनमा प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्था लगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।


त्यस्तै, फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ ।

खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो ।


गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिए पनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।


एक अर्का प्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।


अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् ।
नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।


सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युजील्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् ।
न्युजील्याड नवौँ स्थानमा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्वरमा परेको छ ।


जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्वरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ ।

मनपरे शेयर गरौ ! 

Related post