• September 25, 2021

इलामका दुर्गाप्रसाद तिम्सिना भारतको कारागारबाट थुनामुक्त

 इलामका दुर्गाप्रसाद तिम्सिना भारतको कारागारबाट थुनामुक्त
मनपरे शेयर गरौ ! 


झापा / भारतको कारागारमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त भएका छन् । उनी थुनिएको ४० वर्षपछि रिहा भएका हुन् ।


नेपालमा उनका आफन्तले चालीस वर्षदेखि वेपत्ता रहेको ठान्दै आएका तिम्सिना कर्तव्य ज्यान मुद्दामा थुनामा थिए । उनलाई थुनामुक्त गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो ।


भाइ प्रकाशचन्द्र तिम्सिनाले रिहा भएका दाजु दुर्गाको जिम्मा बुझेका छन् ।


उनका भाइ नेपालबाट कोलकाता पुगेपछि दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुरु भएको थियो ।


प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको जनाइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post