• April 14, 2021

नेकपा एमालेले विधान पारित गर्न केन्द्रीय समितिमा लैजाने

 नेकपा एमालेले विधान पारित गर्न केन्द्रीय समितिमा लैजाने
मनपरे शेयर गरौ ! 


झापा / नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।


शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो ।


कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्ताव आजको बैठकबाट पारित भएको हो । बैठकमा बामदेव गौतम पनि सहभागि भएका थिए ।

आजको बैठकमा माधव नेपाल पक्षका नेताहरु सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका थिए ।


उनीहरुले दलको बैठक बहिस्कार गर्न नखोजेको भन्दै बैठक तथा निर्णयहरु विधि र विधानसम्मत हुनुपर्ने जनाएका छन् । उनीहरुलाई केहि सुझाव भए राख्न आग्रह गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post