• April 14, 2021

हल्दिबारीका वडासदस्य राईको आर्थिक अभावले उपचारमा समस्या, सबैसँग सहयोगको अपिल

 हल्दिबारीका वडासदस्य राईको आर्थिक अभावले उपचारमा समस्या, सबैसँग सहयोगको अपिल
मनपरे शेयर गरौ ! 


गोलधाप / सडक दुर्घटनामा परि सख्त घाइते भएका हल्दिबारी–१ का वडासदस्य पदमसुन्दर राईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।


वडासदस्य राईको हाल बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनी गत फागुन ५ गते कार्यालयको काम सकेर घर फर्कने क्रममा सडक दुर्घटनामा परि घाइते भएका थिए ।


उनको टाउकोमा गम्भिर चोट लागेकोले १ महिना ३७ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको हल्दिबारी वडा नम्बर १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।


चिकित्सकका अनुसार राईको २ पटकसम्म टाउकोको सल्यक्रिया गरिएको छ ।

पदमसुन्दर राई बचाउ अभियान मार्फत सहयोग संकलन


उनको उपचारमा हालसम्म २२ लाख भन्दा बढी खर्च भइसकेकोले आर्थिक अभावका कारण थप उपचारमा समस्या भएपछि गोलधापबासीले पदमसुन्दर राई बचाउ अभियान टोली बनाएर सहयोग संकलन गरिरहेका छन् ।


वडाध्यक्ष त्रिलोचन सापकोटा संयोजक र इन्द्र उप्रेती सहसंयोजक रहेको ५१ सदस्यीय सहयोग संकलन समिति निर्माण गरेका छन् ।


समितिले राईको उपचारमा सहयोग गर्ने उदेश्यले निर्माण भएको समितिले स्थानीयहरुबाट स्वेच्छिक सहयोग संकलन गरिरहेको संयोजक सापकोटाले बताए ।

रकम संकलन भइरहेकोले चाँडै संकलित रकम जम्मा गरि बैंक खातामा जम्मा गरिदिने अभियान टोलीले जनाएको छ ।


राईको उपचारमा सहयोग गरेर जीवन बचाइदिन उनको परिवारले स्वदेश तथा बिदेशमा हुने सबै हल्दिबारीबासी सहयोगी मनहरुलाई अपिल गरेको छ ।


उनको उपचारका लागि सहयोग गर्न चाहने महानुभावले उनकी श्रीमति उमा राईको नाममा एक्सेल डेभेलपमेन्ट बैंक लि. गोलधाप शाखामा रहेको खाता नं ०१५०१२००१११५८२०००००१ मा जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post