• August 4, 2021

सरकारलाई हाम्रो समर्थन छैन -माओबादी केन्द्र

 सरकारलाई हाम्रो समर्थन छैन -माओबादी केन्द्र
मनपरे शेयर गरौ ! 


झापा / नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको जनाएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाउ दिन चिठी लेख्न मात्रै बाँकी रहेको बताएको छ ।


पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताए ।


श्रेष्ठले भने यो सरकारलाई हाम्रो सर्मथन छैन हामीले प्राविधिक रुपमा मात्रै चिठी लेख्न बाँकी छ ।

केपी ओलीको सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुने आग्रह गरे ।


हाम्रो लाइन प्रष्ट छ ‘हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहान्छौं ।’ यही संसदलाई क्रियाशिल बनाउने चाहाना माओवादीको भएको भन्दै सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी श्रेष्ठले गराए ।

मनपरे शेयर गरौ ! 

Related post