काठमाडौं / नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । उनीहरुलाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएकोले पाण्डे र भुसाललाई पनि पार्टीबाट निलम्बित गरिएको स्रोतले बताएको छ ।
केही दिनअघि मात्र नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरिसकेको छ ।
पार्टी सदस्यबाट निलम्बनमा परे पनि माधव नेपाल पक्षले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।