• August 4, 2021

नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्षमा लीलावल्लभ घिमिरे प्यानलसहित विजयी

 नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्षमा लीलावल्लभ घिमिरे प्यानलसहित विजयी
मनपरे शेयर गरौ ! 


झापा / नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ मा लीलावल्लभ घिमिरेको टीम प्यानलसहित विजयी भएको छ ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत बिभिन्न संगठनको गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा होमिएका घिमिरे प्यानलसहित विजयी भएका हुन् ।

महासंघ अध्यक्षमा घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् ।


प्रेस चौतारी नेपालबाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भएका हुन ।


त्यस्तै उपाध्यक्षमा घिमिरेकै प्यानलबाट लवदेव ढुङ्गाना निर्वाचित भए । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरे ।


महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ निर्वाचित भइन् । उनले ८३६ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् ।

महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरे । सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्ठले ५१३ मत प्राप्त गरे ।

समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे ।

कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे ।

त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।


त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने ।

मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, ब्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए । अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नेपालप्रेसबाट

मनपरे शेयर गरौ ! 

Related post