• November 28, 2021

‘कोरोना संक्रमणको गति रोक्नु पर्छ’ प्रधानमन्त्री ओली

 ‘कोरोना संक्रमणको गति रोक्नु पर्छ’ प्रधानमन्त्री ओली
मनपरे शेयर गरौ ! 


काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको दोस्रो लहरले सबैलाई गम्भीर चिन्तामा लगेको हुँदा सचेत रहन आग्रह गरेका छन् ।


प्रधानमन्त्री ओलीले सावधानी अपनाउन सुझाउँदै समयमै सचेतना अपनाउन आग्रह गरे । उनले पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस् भन्दै सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्नेमा जोड दिए ।


नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको उनको भनाई थियो ।

प्रधानमन्त्रीले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरे ।

मनपरे शेयर गरौ ! 

Related post