• August 4, 2021

सीसीएमसीद्वारा आन्तरिक उडान बन्द गर्न मन्त्री परिषदमा सिफारिस

 सीसीएमसीद्वारा आन्तरिक उडान बन्द गर्न मन्त्री परिषदमा सिफारिस
मनपरे शेयर गरौ ! 


झापा / कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकभित्र फैलिएको कोभिडलाई मध्यनजर गर्दै आन्तरिक उडान बन्द गर्न मन्त्री परिषदमा सिफारिस गरेको छ ।


सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।


कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दश मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको छ । ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु नहुने बताइएको छ ।


सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post