मनपरे शेयर गरौ ! 

काठमाडौँ / काठमाडौँ उपत्यकामा तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ ।

बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ ।

पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइनेछन् भने हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न दिने निर्णय पनि प्रजिअहरुले गरेका छन्।

मनपरे शेयर गरौ !