• August 4, 2021

देशभर ३९९४ जना संंक्रमितले जिते कोरोना

 देशभर ३९९४ जना संंक्रमितले जिते कोरोना
मनपरे शेयर गरौ ! 


झापा / पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना कोरोना संंक्रमित निको भएर घर फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मनपरे शेयर गरौ ! 

Related post