• November 28, 2021

झापामा केहि खुकुलो पार्दै असार ७ गतेसम्म निषेधाज्ञा थपियो

 झापामा केहि खुकुलो पार्दै असार ७ गतेसम्म निषेधाज्ञा थपियो
मनपरे शेयर गरौ ! 


झापा / झापामा जारी पूर्ण निषेधाज्ञालाई केही खुकुलो पार्दै असार ७ गतेसम्म थपिएको छ ।

आइतबार बसेको डिसीसीएमसीको बैठकले जारी लकडाउनलाई असार ७ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।


बैठक लगत्तै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा हाल जारी रहेको आदेशलाई केही परिमार्जन गर्दै असार ७ गतेसम्म जारी राख्ने निर्णय भएको उल्लेख छ ।


थपिएको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने उल्लेख छ ।


यस अघि निषेधाज्ञामा अत्यावश्यक सामग्रीका पसल आइतबार र बुधबार विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने उल्लेख थियो ।


नयाँ शैक्षिक सत्रलाई मध्य नजर गर्दै झापामा यो पटक पुस्तक पसलसमेत खोल्न दिने निर्णय भएको हो ।


पछिल्लो पटक जेठ १४ गतेदेखि २१ गतेसम्म जारी निषेधाज्ञालाई चौथो पटक जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post