काठमाडौं / जर्मनीले नेपाललाई करिब पाँच अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
द्विपक्षीय सहायताको निरन्तरतास्वरुप नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४.४ मिलियन यूरो) प्रदान गर्ने घोषणा जर्मनीले गरेको हो ।
नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअलरुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।