• August 4, 2021

राहत बितरणमा जनप्रतिनिधी सक्रिय

 राहत बितरणमा जनप्रतिनिधी सक्रिय
मनपरे शेयर गरौ ! 


अच्युत सुबेदी-
झापा / बिर्तामोड नगरपालिका-८ का जनप्रतिनिधी राहत बितरणमा जुटेका छन् । बिश्वव्यापि कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा हुँदा काम गर्न नपाएका स्थानियलाई वार्ड अध्यक्ष आपैm लागेर राहत बितरण गरिएको हो ।

आफ्नो व्यक्तिगत रकमबाट राहत वार्डका करिब ४ सय परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल बितरण गरेको वार्ड अध्यक्ष अजय कार्कीले बताए । नगरपालिका र वार्डको पैसाबाट बिकास निर्माणका काम गर्नुपर्छ, कार्कीले भने, राहतका लागि आपूm लगायत साथीभाइ र संघसंस्थाको सहयोगमा खाद्य सामाग्री बितरण गरिएको हो ।

आज वार्ड अध्यक्ष सँगै वार्ड सदस्य, स्थानिय र संघसंस्थाका प्रतिनिधीले लगायतको टोलिले प्रदेश गौरव भिलेजका ३५ परिवार सँगै आसपासका क्षेत्रमा गरेर करिव १ सय ५० परिवारलाई राहत बाँडिएको सन्तोस पाण्डेले बताए । यो पैसा हुनेले नहुनेलाई सहयोग गर्ने बेला हो, पाण्डेले भने, हामीले स्वतस्पूmर्त रुपमा यी सामाग्रीहरु किनेर बितरण गनेका छौँ ।

दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका सदस्य यतिबेला कोरोना भाइरसका कारण घरमै बस्त बाध्य छन् । उनिहरुलाई राहतको खाँचो रहेको बुझेर सहयोगका लागि जुटेको कार्कीले बताए । राहत पाएपछि स्थानिय समेत खुसी भएका छन् ।

यसरी दुख परेका बेला सहयोग गर्ने जनप्रतिनिधी घरघरमै खानेकुरा बोकेर आउँदा उत्साहित भएको स्थानिय राजेस चौधरीले बताए ।

कार्यक्रममा छ्याङ्दी हाइड्रोपावर लम्जुङ, मित्तल प्लाई बिर्तामोड, सेन्टजेभियर्स स्कूल बिर्तामोड, पूर्व कर्नेल डी.वि. थापा, पाटन क्याम्पसका प्रमुख पशुपति न्यौपाने, स्थानिय सन्तोस पाण्डे र जन्रतिनिधीहरुले स्वतस्फुर्त रुपमा रकम सहयोग गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post