• August 4, 2021

झापामा ११७५४ जनाले जिते कोरोना, ३४६ जनाको मृत्यु

 झापामा ११७५४ जनाले जिते कोरोना, ३४६ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / कोरोना संक्रमणबाट झापामा दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एकजना झापाका छन् भने अर्का जिल्ला बाहिरका छन् ।


कनकाई नगरपालिकाकी ४२ वर्षीया महिलाको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलाम फिक्कलका २५ वर्षीय पुरुषको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३४६ पुगेको छ । यसैबीच पछिल्लो चौबीस घण्टामा झापामा १८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


संक्रमित हुनेमा ९७ जना महिला रहेका छन् । बिर्तामोडमा २२ महिलासहित ४२ जना , मेचीनगरमा २१ महिलासहित ४२ जना , दमकमा १३ महिलासहित २४ जना , अर्जुनधारामा ७ महिलासहित १८ जना ,बुद्धशान्तिमा १२ महिलासहित १८ जना ,गौरादहमा ४ महिलासहित ६ जना छन् ।

भद्रपुरमा ३ महिलासहित ७ जना , कनकाईमा ४ महिला , हल्दिबारीमा ५ महिलासहित ८ जना , कचनकवलमा एक महिला , एक पुरुष , कमलमा एक पुरुष , शिवसताक्षीमा २ महिलासहित ६ जना , बाह्रदशीमा २ महिलासहित ४ जना , झापा गापामा एक पुरुष र ठेगाना नखुलेका एक महिलासहित ३ जना रहेका छन् ।


योसँगै झापामा कूल संक्रमितको सँख्या १५ हजार ७९३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८५ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सँख्या ११ हजार ७५४ पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post