• August 4, 2021

मदन भण्डारीको जन्मजयन्तीमा ११२ जनाले गरे रक्तदान

 मदन भण्डारीको जन्मजयन्तीमा ११२ जनाले गरे रक्तदान
मनपरे शेयर गरौ ! 


हल्दिबारी / जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा हल्दिबारी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


कोभिड –१९ महामारी का कारण झापामा रगत अभाव भएपछी हल्दिबारी नेकपा एमालेका दुई सङ्ग्ठनले रक्तदान कार्यक्रम आयोजना गरेको अनेरास्ववियु केन्द्रीय सदस्य बलराम गिरीले जानकारी दिए ।


सो अवसरमा १४ महिला सहित ११२ जना ले रक्तदान गरेका थिए ।
झापा क्षेत्र नम्बर ३ का प्रदेश सभासद बसन्तकुमार बानियाको प्रमुख अतिथित्यमा भएको रक्तदान कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरी लगायत जिल्ला स्तरीय नेता, तथा विद्यार्थी, पार्टी सङ्गठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


हल्दिबारी गाउँपालिकामा आयोजना भएका रक्तदान कार्यक्रम मध्ये धेरै रक्तदाताले रक्तदान गरेको यो पहिलो कार्यक्रम रहेको रक्त सञ्चार सेवा केन्द्रले जनाएको छ ।


युवा संघ हल्दिबारी कमिटीका अध्यक्ष शैलेन्द्र सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य हल्दिबारी गाउँ कमिटीका अध्यक्ष हरि गौतमले गरेका थिए भने अनेरास्ववियु गाउँ कमिटी अध्यक्ष बिजय राईले सहजीकरण गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post