• August 4, 2021

फेरिँदैछ गरामनी बजारको स्वरुप

 फेरिँदैछ गरामनी बजारको स्वरुप
मनपरे शेयर गरौ ! 


अच्युत सुबेदी


गरामनी / झापाका पुराना बजार मध्ये गरामनी पनि एक हो । जुन अहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ ।

झापा बजार, भद्रपुर, शनिश्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी लगायतका बजार २००७ साल अघिदेखि सञ्चालन भइरहेको जानकारहरु बताउँछन् ।
त्यसमध्येको गरामनी बिकासको पर्खाइमा रहेको बजार हो । प्रत्येक दशैँको नवमीमा यहाँ लाग्ने सानो मेला र एकादशीमा लाग्ने ठूलो मेलाले यसको महत्व अझ बढाएको छ ।


त्यति मात्र होइन शक्ति पिठको रुपमा रहेको दुर्गा मन्दिर र कृष्ण अष्टमीमा खेलाइने दधीकादोले पनि गरामनी बजारको महत्व प्रष्ट्याउछ ।

दर्जनौ नेता जन्माएको यो ठाउँ बिकास हुन नसकिरहेको अवस्थामा अहिले आएर जनप्रतिनिधिको प्रयासले रुप फेर्दै छ ।
थोरै लगानी गरेर बिहान बेलुकाको छाक टार्ने आधा सय भन्दा बढि व्यापारी अहिले पनि त्रिपाल टाँगेर व्यापार गर्दै छन् ।


उनीहरुरुकै लागि अहिले वडाको पहलमा नगरपालिकाको बजेटमा बजारको सबै भागमा टायल्स बिछ्याउने काम भइरहेको छ ।


ठूला व्यापारीले त सटर भाडामा लिएर व्यापार गरिरहेका छन् । तर, एक काइयो केरा र दुइ मुठा साग बेचेर जिवीको पार्जन गर्ने साना व्यापारीको लागि केहि राहत होस कमसेकम हिलोको समस्या टरोस भनेर टायल्स बिछ्याउने काम गरिएको बिर्तामोड नगरपालिका ८ का वडा अध्यक्ष अजय कार्कीले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको १५ लाख रुपैयाँ बजेटमा बजार भरि टायल्स बिछ्याउने काम हुँदैछ । तर, करिब १८ लाख रुपैयाको लागतमा उपभोक्ता समितिले यसको निर्माण गरिरहेको छ । अपुग रकम कहाँबाट जुटाउने भन्ने तनाब पनि उपभोक्ता समितिमा छ ।


‘करिब १२ सय बर्गफिटमा पैmलिएको बजार र बिचबाट निकालिएको बाटोको सबैतिर काम भइरहेको छ । अपूग पैसाका लागि हामी नगरपालिकासँग कुरा गरिरहेका छौँ’ गरामनी बजार निर्माण व्यवस्थापन समिती अध्यक्ष रणबहादुर मगरले भने, ‘पैसाले पुगे जति मात्रै काम गरौँ भन्दा पनि बजारमा सहमति भएन अहिले पैसाको समस्या देखिरहेको छ ।’

हाललाई बजार मात्र हौइन बजारको बिचबाट दक्षिणतर्फ झर्ने बाटो स्तरोन्नतिको प्रतिक्षामा छ ।
लामो समय स्थानिय तहमा जनप्रतिनिधी नहुँदा बिकास पर्खिएको बजार जनप्रतिनिधिको पहलमा व्यवस्थित भइरहँदा त्यसको नजिकैका बाटा, सार्वजनिक भवनको स्तरोन्नति र बजारको व्यवस्थापनमा पनि नगरले चासो देओस भन्ने स्थानियको आशा छ ।

मनपरे शेयर गरौ ! 

Related post