• August 4, 2021

एमाले अध्यक्ष ओलीसँग नेपाल समूहका नेताहरु बार्तामा

 एमाले अध्यक्ष ओलीसँग नेपाल समूहका नेताहरु बार्तामा
मनपरे शेयर गरौ ! 


झापा / एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा बसेका छन् ।


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक अगाडि नेपाल निकट नेताहरुले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

बालुवाटार स्रोतका अनुसार अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले वार्ता गरिरहेका छन् ।


बार्ता चलिरहेकाले बालुवाटारमा बोलाइएको बैठक शुरु हुन ढिला भएको बताइएको छ ।

माधव समूहका नेताहरुले यो बैठक रोक्न माग गर्दै आएका थिए । दशौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले यसले बोलाएको बैठक रोक्नुपर्ने माधव समूहको भनाइ छ ।

मनपरे शेयर गरौ ! 

Related post