• August 4, 2021

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाध्यो

 भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाध्यो
मनपरे शेयर गरौ ! 


झापा / छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ४६ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।


भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ४ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३ करोड ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८५३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ लाख नाघेको हो । बिहीबार साँझसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३१२ पुगेको छ ।


त्यस्तै अहिलेसम्म २ करोड ९५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या झण्डै ५ लाख ९ हजार छ ।

मनपरे शेयर गरौ ! 

Related post