• August 4, 2021

युरोकप क्वाटरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड भिड्दै

 युरोकप क्वाटरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड भिड्दै
मनपरे शेयर गरौ ! 


एजेन्सी / स्पेनले युरोपेली फुटबल २०२० को पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दैछ । स्पेन तीन पटक युरो च्याम्पियन भइसकेको टोली हो ।


स्पेन र स्विट्जरल्याण्ड बीचको खेल नेपाली समयअनुसार शुक्रबार रातको ९ः४५ बजे सुरु हुनेछ ।


राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएको थिएन ।


स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि टोली अब नयाँ इतिहास कोर्न आतुर छ । पहिलो खेलमा इटालीसँग ३–० ले हारेयता टोलीले सुधारिएको प्रदर्शन गरेको छ ।


यता स्पेन क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको टीम हो ।


स्पेन र स्विट्जरल्यान्ड युरोमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । यसअघि विश्वकपमा भने यी दुई टोलीले तीन पटक खेल्दै स्पेनले दुई तथा स्विट्जरल्यान्डले एक जित हासिल गरेको थियो

मनपरे शेयर गरौ ! 

Related post