• August 4, 2021

बिर्तामोडका मासु व्यवसायीलाई तालिम

 बिर्तामोडका मासु व्यवसायीलाई तालिम
मनपरे शेयर गरौ ! 

झापा / बिर्तामोड नगरपालिका भित्रका मासु व्यवसायीहरुको लागि आयोजित ‘स्वच्छ तथा सफा मासु उत्पादन’विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।


सहारा नेपाल साकोसको साझेदारीमा बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले असार १७ गते देखि आयोजना गरेको तालिम शुक्रवार सम्पन्न भएको हो ।

तालिममा स्वच्छ मासु उत्पादनका लागि आवश्यक तरिका र पुर्वाधारका बारेमा सिकाइएको सहजकर्ता सहारा नेपाल साकोसका कृषि व्यवसाय इकाई प्रमुख डा.कमलेश्वर भाटले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख धुर्वकुमार शिवाकोटीले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्नु पर्ने भन्दै विषादी रहित मासुमा जोड दिन सहभागीहरुलाई आग्रह गरे ।


तालिममा बिर्तामोड नगरपालिकाको सबै वडाबाट १४ जना मासु व्यवसायीहरुले सहभागीता जनाएका थिए ।

तालिम समापन कार्यक्रममा नगरप्रमुख धुर्वकुमार शिवाकोटी, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

बिर्तामोड नगरपालिकाले सहारा नेपाल साकोसको साझेदारीमा कृषि तथा आवास सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

मनपरे शेयर गरौ ! 

Related post