• August 4, 2021

जनप्रतिनिधिले दिए सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक

 जनप्रतिनिधिले दिए सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक
मनपरे शेयर गरौ ! 

हल्दिबारी / हल्दिबारी गाउँपालिका ४ नम्बर वडाको महिला तथा बालबालिका बिकास समितिले सामुदायिक विद्यालयका बालबालिकालाई स्कुल पोसाकको वितरण गरेको छ ।


समितिले आफ्नो वडा भित्रका दुई वटा सामुदायिक विद्यालयमा २९४ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो ।


हल्दिबारी ४ को दिपेन्द्र आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्मका १६४ जना र महेन्द्र माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका १३० जना विद्यार्थीलाई कपडा वितरण गरेको महिला तथा बालबालिका विकास समिति संयोजक गितादेवी भण्डारीले जानकारी दिइन् ।

अति बिपन्न परीवारका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा पोसाक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक शिक्षिकालाई हस्तान्तरण गरिएको हो ।


कपडा हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष होम चुडाल ,संयोजक भण्डारी, जनप्रतिनिधि,बिधालयका प्रधानाध्यापक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण वडा नम्बर ४ का सचिव जय पोखरेलले गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post