• August 4, 2021

एमाले नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा मृत्यु

 एमाले नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा  मृत्यु
मनपरे शेयर गरौ ! 


बिर्तामोड / नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

उनको शुक्रबार अपरान्ह चारआली–चन्द्रगढी सडक खण्डमा आफैंले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका ५ घर भएका प्रसाई बा १च प ८१८२ नम्बरको कार आफैं चलाएर चन्द्रगढीतर्फ जाँदै गर्दा विपी स्तम्भमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना परेर गम्भिर घाइते भएका प्रसाईको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ बजेर ४० मिनेट जाँदा दुर्घटनामा परेका प्रसाईको मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।


उनको बायाँ खुट्टा र शरिरको भित्री भागमा चोट लागि घाइते भएका प्रसाईको मेची अञ्चल अस्पताल भद्रपुर उपचारका लागि पठाएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post