• August 4, 2021

माधव नेपालले सहकर्मीलाई भने -‘तपाइहरु स्वविवेक प्रयोग गर्नुस्, म चाहिँ ब्याक हुन्न ‘

 माधव नेपालले सहकर्मीलाई भने -‘तपाइहरु स्वविवेक प्रयोग गर्नुस्, म चाहिँ ब्याक हुन्न ‘
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने बताएका छन् ।


नेता नेपालले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै आफू पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन आग्रह गरेका छन् ।

नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ब्याक नहुने बताएका हुन् ।

तपाईंहरु आफ्नो निर्णय लिनुहोस्, म चाहिं ब्याक हुन्नँ, विश्वस्त स्रोतले उदृत गर्दै भन्यो ।

रावल र पाण्डेले अझै पनि एमाले एकताका लागि पहल गर्ने विषयबारे छलफल गर्न खोजेपछि नेपालले कडा जवाफ दिएका हुन् ।

नेता नेपालले ओलीसँग सहकार्य गर्ने ढोका बन्द भइसकेको समेत बताएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post