• August 4, 2021

देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

 देउवा  सरकारलाई विश्वासको मत नदिने  एमालेको निर्णय
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ।

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए।

प्रवक्ता ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई संकेत गर्दै कसैलाई विश्वास मत दिन मन लागे सर्वोच्च अदालतले बाटो खोलिदिएको बताए।

मनपरे शेयर गरौ ! 

Related post