• November 28, 2021

‘बजेटको विषय संसदले हल गर्छ’-अर्थमन्त्री जनादर्न शर्मा

 ‘बजेटको विषय संसदले हल गर्छ’-अर्थमन्त्री जनादर्न शर्मा
मनपरे शेयर गरौ ! 


काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले सरकारले नयाँ बजेट ल्याउने कि नल्याउने भन्नेबारे पुर्नस्थापित संसदले निर्णय गर्ने बताएका छन् ।

शुक्रबार दिउँसो अर्थमन्त्रालयमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्रीले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट संसदमा पेश हुने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘‘हामी केही दिनभित्र अर्थतन्त्रको समग्र स्थिति समेटेर संक्षिप्त श्वेतपत्र सार्वजनिक गर्छौं । बजेटबारे हामी कुनै टुंगोमा पुगेका छैनौं ।


अघिल्लो बजेट अध्यादेशमार्फत ल्याइएका कारण आइतबार बस्ने संसदको बैठकमा बजेट अध्यादेश निर्णयार्थ पेश हुन्छ। संसदले जे निर्णय गर्छ, हामी त्यहीअनुसार अघि बढ्छौं ।’’

अर्थमन्त्री शर्माले संसदले बजेट अध्यादेश अस्वीकृत गरेपछि मात्र नयाँ बजेटको प्रक्रिया आरम्भ गरिने संकेत गरेका छन्। साथै उनले देशको समग्र अर्थतन्त्रको श्वेतपत्रका आधारमा अर्थमन्त्रालयको कार्ययोजना निर्माण गरिने पनि बताए ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखाएको अवस्थालाई श्वेतपत्रमा समेटिने जानकारी दिए ।

अर्थ मन्त्रालय र सरकारको अर्थ नीतिसमेत श्वेतपत्रमा समेटिने उनले बताए । कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक अवस्थाबारे संक्षेपमा जानकारी गराएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post