• October 25, 2021

२९ सय ३६ संक्रमित थपिए, संक्रमणबाट ४३ जनाको मृत्यु

 २९ सय ३६ संक्रमित थपिए, संक्रमणबाट ४३ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेपालमा कोरोना भाइरसको महामारीबाट शुक्रबार ४३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। यो हप्ताको शुरुवातमा मृतक घटेकामा फेरि बढ्दै गएका छन्।

योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ सय ३६ संक्रमित थपिए पुगेको छ। कोरोनाका संक्रमित पनि बढ्दै गएका छन्।

शुक्रबार १४ हजार १ सय ८२ जनाको परीक्षणबाट २९ सय ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९ हजार ६ सय १३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ अर्थात परीक्षणको २१ प्रतिशतमा संक्रमण भएको हो।

थपिएकामा काठमाडौंका ३ सय ४३, मोरङ्गका २ सय ८४, झापाका १ सय ५१, कास्कीका १ सय ३८, ललितपुरका १ सय ३६ तथा भक्तपुरका ६२ जना हुन्।

सक्रिय संक्रमित बढेर २६ हजार ८ सय २७ पुगेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुर्खेत, मोरङ्ग, झापा र सुनसरीमा सक्रिय संक्रमित पाँच सय भन्दा बढी छन्।

शुक्रबार १७ सय ७५ जनामात्र संक्रमणमुक्त भएका छन्। नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशतलाई निको भएको छ।

मनपरे शेयर गरौ ! 

Related post