• October 25, 2021

जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम सत्ता पक्षमा

 जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम सत्ता पक्षमा
मनपरे शेयर गरौ ! 

काठमाडौं / कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।

जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् । पहिलो बैठकमा माधव नेपाल पनि उपस्थित रहेनन् ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बसेकी छन् ।

मनपरे शेयर गरौ ! 

Related post