• August 4, 2021

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउने तयारी

 कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउने तयारी
मनपरे शेयर गरौ ! 


काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउने जनाएको छ ।
परिक्षा बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउने तयारी सुरु गरेको हो ।

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो ।


अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ ।


बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ ।


संक्रमणको दर कम भएसँगै भौतिक रुपमै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

मनपरे शेयर गरौ ! 

Related post