• November 28, 2021

जसपा विवाद: आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी

 जसपा  विवाद: आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी
मनपरे शेयर गरौ ! 

काठमाडौं / जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकताको विवादको टुंगो लाग्ने भएको छ ।

निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले दाबी गरेको आधिकारिकताको विवाद आज टुंगो लगाउने भएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इजलासको बहस आज सकिने भएकाले आजै फैसला आउन सक्ने जानकारी दिए ।

जसपाको आधिकारिकता विवादमा आयोगले इजलास गठन गरेको थियो । यसअघि आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् ।

दुवै पक्षसंग सहमतिको प्रयास भएपनि सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा इजलास गठन गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएको हो ।

जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै अयोगमा निवेदन पेस गरेको थियो । जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् ।

मनपरे शेयर गरौ ! 

Related post