• September 27, 2021

खुल्यो बिर्तामोड नगरपालिकामा लगाएको ताला

 खुल्यो बिर्तामोड नगरपालिकामा लगाएको ताला
मनपरे शेयर गरौ ! 

बिर्तामोड / बिर्तामोड नगरपालिकामा लगाइएको ताला आइतबार खुलेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनिमा आज बसेको सर्वपक्षीय वैठकले नगरपालिकामा लगाइएको ताला खोल्ने निर्णय गरेको हो ।

सत्तारुढ नेपाली कांग्रेसका तरुण–विद्यार्थी र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शनिबार बिर्तामोड नगरपालिकाको मूल गेटमा ताला लगाएका थिए ।

दुईदिन अघि १०३ भायल भेरोसिल खोपसहित कोभिड फोकल पर्सन ओम बहादुर खड्का शंकास्पद अवस्थामा होटलमा भेटिएका थिए । बैठकले सो खोप दुरुपयोगमा सम्लग्नलाइ कडा कार्वाही गर्ने निर्णय गरेको छ ।

बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले सर्वसाधारणका लागि आएको कोरोना विरुद्धको खोप टाइमलेस होटलमा लुकाइ राखेको आरोप लागेपछी नेपाल बिद्यार्थि संघ र नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीले नगरपालिकामा ताला लगाएका थिए ।

बिर्तामोड नगर प्रमुख धुर्वकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले कोभिड फोकल पर्सन खड्कालाइ सो जिम्मेवारीबाट मुक्त गर्दै सहायक प्रमुख जिल्ला अधिकारीको सम्योजकत्वमा गठित छानबिन समितिलाइ सहयोग गर्ने निर्णय गरेको छ ।

खोपको ब्यवस्थापन गर्न सर्वदलिय राजनितीक सम्यन्त्र बनाउने , नगरपालिकामा लगाएको ताला खोली प्रशासनिक कामलाइ सुचारु गर्ने नगरपालिकामा आएको खोपको बिवरण सार्वजनिक गर्न अनुरोध गर्ने र कोभिड रोकथाम तथा ब्यवस्थापन गर्नमा भएको खर्च बिवरण सार्वजनिक गर्न सम्बन्धित पक्षलाइ अनुरोध गर्ने निर्णय गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post