• September 27, 2021

२४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि

 २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 

झापा / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर आज २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार ४०२ जनाको आरटी–पीसीआर गर्दा १९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामासंक्रमण पुष्टि भएको हो ।


यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ३७० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post