• September 27, 2021

जमैकाकी महिला एलेन थम्पसन–हेराले जितिन १०० मिटर ओलम्पिक दौड

 जमैकाकी महिला एलेन थम्पसन–हेराले जितिन १०० मिटर ओलम्पिक दौड
मनपरे शेयर गरौ ! 

टोकियो / जमैकाकी एलेन थम्पसन–हेराले महिला १०० मिटर दौड जितेर आफ्नो ओलम्पिक उपाधि रक्षा गरेकी छन् । उनले अहिलेसम्मकै दोस्रो उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक हात पारेकी थिइन् ।

शनिबार टोकियो ओलम्पिक रंगशालामा थम्पसन–हेराले दुरी पार गर्न १०.६१ सेकेन्ड लगाइन् । सेली–एन फ्रेजर–प्राइसले १०.७४ र सेरिका ज्याकसनले १०.७६ सेकेन्डबाट रजत र कांस्य जितेपछि जमैकाले यो इभेन्टमा क्लिन स्विप नै गर्‍यो ।

थपम्सन–हेराको समय इतिहासकै दोस्रो उत्कृष्ट समय हो । स्वर्गीय फ्लोरेन्स ग्रिफिथ–जोयनरले सन् १९८८ को सोल ओलम्पिकमा १०.४९ सेकेन्डको समय निकालेकी थिइन् । जुन अहिलेसम्मको विश्व कीर्तिमान हो ।

मनपरे शेयर गरौ ! 

Related post