• September 27, 2021

कोरोना भाइरसविरुद्धको खोप माग गर्दै सडक निर्माण अवरुद्ध

 कोरोना भाइरसविरुद्धको खोप माग गर्दै सडक निर्माण अवरुद्ध
मनपरे शेयर गरौ ! 


झापा / सडक मजदुरले कोरोना भाइरसविरुद्धको खोप माग गर्दै झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण अनिश्चितकालका लागि बन्द गरेका छन् ।


कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मजदुर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेका हुन् ।


ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि खोपको माग गर्दै काम बन्द गरिएको जानकारी दिए ।


खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत दिएको उनले जानकारी दिए ।

सो सडक खण्डको निर्माणमा १३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिना अघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए ।
उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर छ ।

मनपरे शेयर गरौ ! 

Related post