मनपरे शेयर गरौ ! 

काठमाडौं / निर्वाचन आयोगले नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न नमानेपछि माधव कुमार नेपाल नेतृत्वको पार्टीको नयाँ नाम जुरेको छ ।

माधवकुमार नेपाल नेतृत्वले एमाले हटाएर नेकपा (समाजवादी) नाम राखेको छ । एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता गरेका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी भएको छ ।

यसैबीच जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वा लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्नेबारे छलफल भइरहेको बताइएको छ ।

मनपरे शेयर गरौ !