• September 27, 2021

एमाले सांसदद्वारा सभामुखको कार्यकक्ष घेराउ

 एमाले सांसदद्वारा सभामुखको कार्यकक्ष घेराउ
मनपरे शेयर गरौ ! 

काठमाडौं / पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दवाव दिँदै घेराउ गरेका हुन् ।

सभामुखको च्याम्बर घेराउ गर्नेमा एमाले नेताहरु गोकुल बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् ।

बिहीबार पनि एमालेले कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सापकोटाको ध्यानाकर्षण गराएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post