• September 27, 2021

बिर्तामोड काण्डका नाममा हंगामा मच्चाउने युटुबरलाई प्रहरीले कारबाही गर्ने

 बिर्तामोड काण्डका नाममा हंगामा मच्चाउने युटुबरलाई प्रहरीले कारबाही गर्ने
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड काण्डका नाममा बिर्तामोडको एक होटलमा खाजा खाँदै गरेका एक पुरुष र दुई महिलाको विषयमा युटुबमा भिडियो बनाएर गोपनीयता भंग गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ ।


मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग गर्ने गरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गरेको भन्दै उजुरी परेपछि युटुबरमाथि कानूनी कार्वाही हुने भएको हो ।

मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर अनावश्यक प्रश्न गर्दै ती युटुबरले आतंक मच्चाएका थिए ।


चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए ।


यो घटना बाहिरीएपछि ती युटुबरले गरेको क्रियाकलापको सर्बत्र विरोध भएको थियो ।
पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतंक सिर्जना गर्न खोजेको भन्दै उनीहरु विरुद्ध जाहेरी परेको छ ।


ती पीडित महिलाहरु कानूनी कार्वाहीका लागि हिजो इलाका प्रहरी कार्यालय बिर्तामोड आएका थिए ।
पीडित महिलाहरुले हिजो आएर डिएसपी सन्तोष आचार्यसँग सल्लाह गरेर आज उजुरी दिएको जनाइएको छ । उजुरी परेपछि त्यस्ता युटुबरलाई पक्राउ गरी कार्वाही गर्न प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच ती युटुबरलाई कार्वाही गराउनका लागि धेरै संघसंस्थाले सहयोग गर्ने जनाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले त्यस्ता युटुबरलाई कार्वाही हुनुपर्ने बताइन् ।

मानव अधिकार संजाल झापाका महासचिव रुपक खनालले झापामा युटुवेहरुलाई पत्रकार महासंघले कारवाही नगरे पत्रकार महासंघको भोलिका दिनमा अस्तित्व खोज्नु पर्ने अबस्था आउने बताएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post