• September 27, 2021

‘बिर्तामोड होटल काण्ड’ : युटुब र टिकटकमा भिडियो हाल्ने ६ जना विरुद्ध उजुरी

 ‘बिर्तामोड होटल काण्ड’ : युटुब र टिकटकमा भिडियो हाल्ने ६ जना विरुद्ध उजुरी
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड काण्डका नाममा होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युटुबमा हाल्नेसहित ६ जनामाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।


उजुरी पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे , क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल रहेका छन् ।


मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला प्रहरीकै अगाडी भिडियो खिचेर ती युटुबरले अनावश्यक प्रश्न गर्दै आतंक गरेका थिए ।

चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए ।


आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन् ।
अभद्र व्यवहार सम्बन्धी उजुरी परेको र उजुरी परेकालाई पक्राउ गर्न प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

पीडितहरुले निवेदनमा आफूहरुको इज्जत प्रतिष्ठा हनन् हुनेगरी आफूहरुलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती आफूहरुको इच्छाविपरित भिडियो गलत मनसायले सामाजिक संजालमार्फत युटुबमा लाइभ प्रसारण गरी टीकटकमा राखेर व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्र हत्या गरेकाले २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कार्वाहीको माग गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post