• September 27, 2021

बिर्तामोड काण्ड मच्चाउने ३ जना पक्राउ

 बिर्तामोड काण्ड मच्चाउने ३ जना पक्राउ
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड काण्डका नाममा होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युटुब र सामाजिक सञ्जाल टिकटकमा भिडियो हाल्ने मध्येका ३ जना पक्राउ परेका छन् ।


पीडितले आजै उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ पर्नेमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।


उनीहरुले मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला प्रहरीकै अगाडी भिडियो खिचेर ती युटुबरले अनावश्यक प्रश्न गर्दै आतंक गरेका थिए ।


आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला र एक पुरुषले संयुक्तरुपमा उनीहरु विरुद्ध आजै उजुरी दिएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post