मनपरे शेयर गरौ ! 


झापा / जनता समाजवादी पार्टी (जसपा)का १४ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।


सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् । तर उनले आज सनाखत गर्न पाएनन् ।


सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए । तीन सांसदको भोलि सनाखत हुने सांसद सोनलले बताए ।

तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका छन् ।

अहिलेसम्म लोसपा रोज्ने सांसदहरुको नाम यसप्रकार छ ।


१. गौरी नारायण साह
२. सरिता साह
३. बाबुलाल साह
४. निलमदेवी भूमिहारिन
५. जैलुन राइन
६. प्रमेश्वर साह
७. जानकी शरण साह
८. अल्का झा
९.अभिराम शर्मा
१०. बबिता हुमारी
११. रमेश प्रसाद कुर्मी

१२. डिम्पल झा
१३. उपेन्द्र महतो
१४. जितेन्द्र सोनल

मनपरे शेयर गरौ !