• September 27, 2021

भारतीय टेलिसिरियल अभिनेता सिद्धार्थ शुक्लाको हृदयधातका कारण निधन

 भारतीय टेलिसिरियल अभिनेता सिद्धार्थ शुक्लाको हृदयधातका कारण निधन
मनपरे शेयर गरौ ! 


एजेन्सी / भारतीय टेलिसिरियल अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

प्रसिद्ध टीभिसिरियल अभिनेता शुक्लाको बिहीबार हार्ट अटैकका कारण मुम्बईको कपुर अस्पतालमा मृत्यु भएको आजतकले जनाएको छ ।


शुक्लाको अचानक भएको निधनले पुरै भारतीय टिभी इन्डस्ट्रिज र बलिउड शोकमग्न भएको छ ।
४० वर्षीय अभिनेता शुक्लाले २०१३ को बिग बोसको उपाधी समेत जितेका थिए ।

आजतकले जनाए अनुसार शुक्लाले राति सुत्नु अगाडि केहि औषधी सेवन गरेका थिए जसका कारण उनी सदैका लागि उठेनन् ।

तर अस्पतालले पछि उनको हार्ट अटैकका कारण मृत्यु भएको पुष्टि गर्यो । शुक्ला आफ्ना दुई बहिनी र आमाका साथ बस्दै आएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post