• September 27, 2021

एमाले अध्यक्ष ओलीले अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने

 एमाले अध्यक्ष ओलीले अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।


गैरकानूनीरूपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधबार रिट दायर गरेका थिए ।

ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको छ ।
एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एसलाई दलको मान्यता दिएको भन्दै ओलीले सो निर्णय खारेजीको माग गरेका छन् ।


त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको मागसमेत गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post