• September 27, 2021

दल रोज्ने समय आजसम्म

 दल रोज्ने समय आजसम्म
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले दिएको समय भदौ २२ गते सकिँदै छ ।


एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि आयोगले दल रोज्न आजसम्मको समय तोकेको हो ।

आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न आजसम्मको समय दिएको हो । आयोगले भदौ ९ गते एकीकृत समाजवादी र लोसपालाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।


त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी आज भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्ने क्रम जारी छ ।

निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्नसक्ने अनुमान गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post