• September 27, 2021

‘माधव नेपाललाई जोड्न रसायन पुगेकै रहेनछ पक्लक्क फुक्लिए’- एमाले अध्यक्ष ओली

 ‘माधव नेपाललाई जोड्न रसायन पुगेकै रहेनछ पक्लक्क फुक्लिए’- एमाले अध्यक्ष ओली
मनपरे शेयर गरौ ! 


बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी बनाएको नभई एमाले कम्जोर पार्न तमासा गरेको बताएका छन् ।


झापामा ओयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले माधव नेपाल एमालेको आन्दोलनमा जोडिएर फेरी छुट्टिएको बताए ।


एमाले अध्यक्ष ओलीले भने ‘हामीले देशभरिका धेरै कार्यकर्ता विभिन्न समूहलाई यसरी जोडेका थियौ, तर माधव नेपाल यसरी जोडिएका रहेनछन् की त्यो रसायन पुगेकै रहेनछ पक्लक्क फुक्लिए, उनी गए ।’


अध्यक्ष ओलीले नेकपा एमाले एकजुट भएको बताउँदै एमालेले चुनाव सजिलै जित्न सक्ने दाबी गरे ।

मनपरे शेयर गरौ ! 

Related post