• October 25, 2021

ऋणी सदस्यको ऋण मिनाह गर्दै रामजानकी सहकारी

 ऋणी सदस्यको ऋण मिनाह गर्दै रामजानकी सहकारी
मनपरे शेयर गरौ ! 


बिर्तामोड / रामजानकी कृषि सहकारी संस्थाले चकचकी सेवा केन्द्रका दुई ऋणी सदस्यको ऋण मिनाह गरेको छ ।


संस्थाको चकचकी सेवा केन्द्र अन्तर्गतका दुई सदस्य सारिफ मियाँ र जुमालुदिन मियाँको मृत्यु भएपछि ऋण मिनाह गरिएको संस्थाका शुक्रराज भण्डारीले जानकारी दिए ।


सारिफको ३७ हजार ५०१ रुपैयाँ ९७ पैसा र जुमालुदिनको ४६ हजार २७६ रुपैयाँ ८१ पैसा ऋण मिनाह गरेको व्यवस्थापक भण्डारीले जानकारी दिए ।


राम जानकीले आफ्ना ऋणी सदस्यको मृत्यु भएपछि उक्त रकम बराबरको ऋण मिनाह गर्दै प्रति परिवारलाई काज किरिया स्वरुप १० / १० हजार रुपैयाँ पनि प्रदान गरेको छ ।


कार्यक्रममा संस्थाका व्यवस्थापक भण्डारी,सेवाकेन्द्र प्रमुख पुष्पराज भट्टराई लगायत अन्य कर्मचारीहरुको सहभागी टोली ऋणी सदस्यकै घरमा उपस्थित भई काजकृया बापतको रकम र कर्जा मिनाहको पत्र परिवारका सदस्यलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम शनिश्चरे सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख संजीव सापकोटाले सञ्चालन गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post