• October 25, 2021

झापाका राजेशचन्द्र गिरीले गरे ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ विषयमा विद्यावारिधी

 झापाका राजेशचन्द्र गिरीले गरे ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ विषयमा विद्यावारिधी
मनपरे शेयर गरौ ! 


झापा / झापा गोरादहका राजेशचन्द्र गिरीले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ विषयमा विद्यावारिधी गरेका छन् । गौरादह १ का गिरीले पहिलो पटक सो विषयमा विद्यावारिधी गरेका हुन् ।


नेपालको संसदीय अभ्यासमा ‘राप्रपा’ विषयमा त्रिभुवन विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुले आज विद्यावारिधि शोध सफल भएको जानकारी दिएको गिरीले बताए ।


राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०४७ देखि २०७४ सम्म संसदीय अभ्यासमा रहँदा गरेको गतिविधि र उसका नीति कार्यक्रमलाई उनले शोधको विषय बनाएका थिए ।


राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समितिका सदस्य रहेका उनी २०७३ सालतिर पार्टीको सहमहामन्त्री समेत थिए । अध्ययन र राजनीति दुबैलाई आगामी दिनमा समेत सँगसँगै लैजाने गिरीले बताए ।

नेपालमा राजनीतिक दलको विषयमा विद्यावारिधि गर्नेहरु राजनीतिक क्षेत्रमा अरुहरु पनि छन् । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले गत वर्ष नेपालको कम्युनिस्ट आन्दोलन विषयमा शोध पूरा गरी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।


झापाकै राजकुमार पोखरेल र अभियन्ता सुरेन्द्र केसीले पनि कम्युनिस्ट आन्दोलनकै विषयमा विद्यावारिधि पूरा गरेका हुन् ।

मनपरे शेयर गरौ ! 

Related post